दाह्री ग्याङद्वारा रक्तदान सम्पन्न

झापा, भदौ २० । सामाजिक कार्यमा सक्रिय युवाहरुको सामाजिक संस्था दाह्री ग्यागं झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दाह्री ग्याङले बुधबार झापाको बुधबारे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेको दाह्री ग्याङ झापाका गोकुल पौड्यालले जानकारी दिए ।

यसका अतिरिक्त दाह्री ग्याङले विभिन्न ठाउँमा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ । दाह्री ग्याङ समाज परिवर्तनका लागि सक्रिय युवाहरुको समूह हो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!