सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, भदौ २० । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं प्रजातन्त्र सेनानी सूर्यराय यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले बुधबार एक विज्ञप्तिमार्फत नेता यादव निधनले निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं प्रजातन्त्र सेनानी सङ्घ रौतहटका अध्यक्ष यादवको बुधबार बिहान आफ्नै निवासमा निधन भएको हो । प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा स्व यादवले विसं २०१९ देखि २०३६ सम्म १७ वर्ष निरन्तर जेल जीवन बिताएका थिए । स्व यादवले मुक्ति वाहिनीमा समेत काम गरेको काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेसका पूर्वसभापति एवं सन्त नेता कृष्णप्रसाद भट्टराई, सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री खुमबहादुर खड्का लगायतका नेतासँग उनी जेलमा बसेका थिए । स्व यादवले काङ्ग्रेस रौतहट निर्वाचन क्षेत्र नं २ को दुईपटक क्षेत्रीय सभापति भएर जिम्मेवारीसमेत बहन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!