गृहमन्त्री बादलद्वारा पाँच प्रतिवेदन पेस  

काठमाडौँ, भदौ २० । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आव २०७३-७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

गृहमन्त्री बादलले  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

त्यसैगरी, उहाँले नेपाल सरकारको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आजको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय र न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने तय भएपनि पछि कार्यसूचीबाट हटाइएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते ३ बजे बस्नेछ ।

रासस

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!