स्विट्जरल्याण्डको सहयोग नेपाललाई

काठमाडौँ, भदौ २० । स्विट्जरल्याण्ड सरकारले नेपाललाई रु. दुई अर्ब बराबरको अनुदान सहयोग गर्ने भएको छ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न उक्त अनुदान दिइने भएको हो ।

अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओसवाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका स्थानीयतहमार्फत कार्यान्वयनमा आउने छ ।

याे पनि पढ्नुस  नेपालको साख निर्धारण गर्ने तयारी

यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ती जिल्लाबाट वर्षेनी पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने तथ्याङ्क रहेको छ ।

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पुऱ्याउने छ । रासस

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!