जिसीका हत्यारालाई कारबाही गर्न संसदमा पौडेलद्वारा सरकारको ध्यानाकर्षण

वागलुङ, भदौ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेले २२ वर्षीय संगीन जिसीको हत्याराको खोजी छिटो गरि कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार संसदमा शुन्य समयमा बोल्दै पौडेलले बागलुङ बुर्तिबाङका २२ वर्षीय जिसीको हत्या बीभत्स तरिकाले भएको भन्दै सरकारलाई सभामुख मार्फत जानकारी गराएका हुन । सरकारले विलम्ब नगरि हत्यराको खोजी तथा अनुसन्धान गहिराइमा पुगेर गर्नुपर्ने बताउदै सत्यतथ्य बाहिर ल्याउन ढिलाई गर्न नहुने माग गरे ।

सांसद पौडेलले पुष्पलाल मध्य पहाडी लोकमार्ग, सालझन्डी–ढोरपाटन सडक निर्माण, कालीगण्डकी कोरिडोर लगाएका विकासका योजना चाँडो भन्दा चाडो पुरा गर्नुपर्ने माग गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!