सिन्धुलीमा १४ औं विशाल–कुमार स्मृति दिवस सम्पन्न (तस्वीरहरु)

सिन्धुली । १४ औं विशाल–कुमार स्मृति दिवस नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बुधबार आज एक कार्यक्रमकाबीच सिन्धुली जिल्लाको मरिणमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले महान् सहिदहरूको योगदानले देशमा लोकतान्त्रिक गणतन्त्र आएको बताए । उनले भने– ‘उहाँहरूको बलिदानी निरंकुश राजतन्त्रको अन्त्य गर्न सकिएको हो ।’ दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले आज देशमा कम्युनिष्ट पार्टी शक्तिशाली भएको अध्यक्ष दाहालको भनाई थियो ।

रोल्पाका फुल्टश्रवाङमा भएको विस्तारित बैठक सकेर सिन्धुली फर्कने क्रममा आजकै दिन विशाल–कुमारलाई तत्कालीन शाही सेनाले सिराहाको धन्सवारमा गोली हानी हत्या गरेको थियो । कार्यक्रममा अध्यक्षले मरिण कृषि क्याम्पसको भवनको शिलान्यास समेत गरेका थिए । अध्यक्ष दाहालले बुधबार नै मरिण पुलको समेत उद्घाटन गरेका छन् ।

हेर्नुहोस् केही झलकहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!