ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, यस्तो भयो छलफल

काठमाडौ, भदौ २० । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । दुवै अध्यक्षबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता भएको हो ।

 

भेटमा पार्टी एकता र सरकारको कामबारे समीक्षा भएको छ । तल्लो तहको पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने र सरकारको काम प्रभावकारी बनाउनेबारे दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

 

यसअघि मंगलबार बेलुकी पनि दुवै अध्यक्षबीच भेटवार्ता भएको थियो । नेकपाले प्रभावकारी काम गर्न नसक्ने आफ्ना मन्त्री हेरफेर गर्ने तयारी पनि गरेको छ । सरकारको काम प्रभावकारी हुन नसकेको गुनासो बढिरहेको बेला कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने तयारी भएको हो । दुई अध्यक्षबीचको छलफलमा यसबारे पनि कुरा भएको बुझिएको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

कमेन्ट गर्नुहोस्

error: Content is protected !!