चट्याङ लागेर एक महिलाको मृत्यु

इलाम, भदौ २० । माइ नगरपालिकामा चट्याङ लागेर मंगलबार एक महिलाको मृत्यु भएको छ । सो नगरपालिका-१ घर भई माइ नगरपालिका-६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङ चट्याङ लागेर मृत्यु भएको हो ।

 

छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो । योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ । – रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!