प्रधानमन्त्रीको फोटो सेयर गर्ने वडा सचिव १५ दिनदेखि हिरासतमा !

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीको बिगारिएको फोटो फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका-५ का वडा सचिव होमनाथ सिग्देल १५ दिनदेखि थुनामै छन् । उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाएको छ ।

 

सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको संस्था फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले साइबर हयाकिङ र बैंकिक कसुरलाई नियन्त्रण गर्न विद्युतीय कारोबार ऐन ल्याइएको भए पनि पछिल्लो समय यो ऐनको प्रयोग अनलाइनमार्फत हुने अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने काममा प्रयोग भइरहेको बताए । कान्तिपुरमा खबर छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

कमेन्ट गर्नुहोस्

error: Content is protected !!