बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष जेल

उदयपुर, भदौ २० । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका-३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

 

बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै ३० हजार रुपैयाँ जरिवानाको फैसलासमेत गरेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!