डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं, भदौ २० । बुधबार नेपाली बजारमा डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ८४ पैसा तोकेको छ । यो सन् २००० यताकै सबैभन्दा उच्च हो ।

 

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!