नक्कली सुन बिक्री गर्ने ६ जना पक्राउ

काठमाडौं, भदौ २० । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ ।

 

दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!