सीपीएलः सन्दिप आवद्ध टिमको शानदार जित, अंक तालिकाकाे शीर्ष स्थानमा !

काठमाडौं, भदौ २० । वेष्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बुधबार बिहान भएको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम विजयी भएको छ ।

 

उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले बारबाडोस ट्रिडेन्सलाई २ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो । आजको खेल जितेसँगै प्याट्रियोट्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

 

टस जितेर फिल्डीङ रोजेको प्याट्रियोट्सले २ बल अगावै खेल जितेको हो । अहिले सन्दिपले सीपीएल खेलिरहेका छैनन् । एसिया कप छनोटका लागि मलेसियामा रहेकाले उनी अहिले लिगमा नभएका हुन् । मलेसियाबाट फर्केपछि सन्दिप सीपीएल खेल्न वेष्टइन्डिज जाने बताइएको छ । सन्दिपको टिममा चर्चित क्रीटर क्रीश गेल कप्तान रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!