प्राध्यापकबाटै प्रश्नपत्र आउट !

काठमाडौं, भदौ २० । त्रिभुवन विश्वविद्यालय एमएड पहिलो सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए । तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन गर्यो । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।

 

त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका फाइल पनि थिए, कोर्स दिँदा प्रश्नपत्र गएजस्तो लाग्छ,’ उनले भने ।

 

तर, आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा। भट्टराईकै गम्भीर दोष देखिएको छ । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए ।

 

आइतबारको परीक्षा रद्द गर्ने विषयमा परीक्षा समितिमा छलफल भए पनि कुनै निर्णय भएको छैन । विषयगत समितिकै अध्यक्षले लेखेको किताबमा नमुना प्रश्नपत्र राख्ने र त्यही प्रश्नपत्र हुबहु परीक्षामा वितरण गर्ने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयको साखमा चुनौती दिएको छ । नयाँ पत्रिकामा खबर छ ।

 

विश्वविद्यालयको नियमअनुसार अनियमित गर्ने प्राध्यापकलाई दुई वर्षसम्म उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणलगायतका परीक्षाका सबै काम गर्नबाट वञ्चित गर्ने सक्ने व्यवस्था छ । विभागको जिम्मेवारी पाएका व्यक्तिलाई पदबाट मुक्तसम्म गर्ने सक्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!