कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन

कुवेत,भदौ १९ ।रोजगारीका लागि कुवेत पुगेका धनुषा जानकीनन्दनि गाउँपालिकाका पन्चलाल कपारीको हृदयघातका कारण कुवेतमा निधन भएको छ ।

सोमबार साझ अचानक मुटु दुख्न थालेपछी कम्पनी होस्टेलका इन्चार्जको सहयोगमा कुवेत स्थित फर्वानिया अस्पतालमा उपचारको लागि लगिएको भएपनि अस्पताल पुगेको केही छिनमै उनको निधन भएको उनका सहकर्मी साथिले जानकारी दिएका छन्।

घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले छोरा छोरीलाई राम्रो संग पढाउने सपना बोकेर कुवेत पुगेका कपारी आफ्नो छोरा-छोरिको इच्छा अाकांक्षा पूरा गर्न नपाउदै अस्ताएका छन ।

केही समय अघि उनको दाजु समेेत कम्बाइन ग्रुप कम्पनीमा काम गर्दा गर्दै प्यारालाइसिस भएर स्वदेश फर्किएका थिए । कपारी बिगत ६ वर्ष देखि कुवेत स्थित कम्बाइन ग्रुप कम्पनीमा कार्यरत थिए ।

मृतकको शव हाल कुवेतको फर्वानिया अस्पतालमा राखिएको र केहि दिनमै क़ानूनी प्रकृया गरि नेपाल पठाईने कुवेत स्थित नेपाली राजदुतावासले जानकारी दिएको छ।
मृतक कपारिको घरमा श्रीमती, दुई छोरा र दुई छोरी छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!