गायक कुमार सानूविरुद्ध मुद्दा दर्ता

विहार, भदौ १९ । चर्चित गायक कुमार सानूविरुद्ध मुद्दा दर्ता भएको छ । बिहारको मुजफ्फरपुरमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

मंगलबार प्रहरीमा दर्ता गराइएको उजुरीमा सोमबार राति अवेरसम्म लाइभ शो गरेको अभियोग लगाइएको छ । विहारमा राती १० बजेसम्म मात्रै लाउडस्पीकरको प्रयोग गर्न अनुमति छ तर कुमार सहभागी एक सांघितिक कार्यक्रम विहानसम्म चलेको थियो ।

कुमार सानूविरुद्ध स्थानीय मानिसहरुले प्रहीमा उजुरी दर्ता गराएका हुन् । एक प्रहरी अधिकारीका अनुसार, ‘उनीहरुले(कुमार सानू लगायत) राति १० बजेपछि पनि लाउडस्पीकरको प्रयोग गरेका थिए । मैले उजुरी दर्ता गरेको छु र घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।’

बलिउडका चर्चित गायक कुमारले विहारको मुजफ्फरपुरमा एउटा स्कूलको कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!