अरिङगालले टोक्दा एक बालिकाको मृत्यु, दुई घाइते

बैतडी, भदौ १९ । अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीमा तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो।

बारीमा मकै भाचिँरहेका बेला आमाबुवासँगै गएकी उनलाई अरिङ्गालले टोकेको हो। घाइते हुनेमा पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेको स्थानीय राजेन्द्र विष्टले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!