नेपाल र पाकिस्तानबीचको खेल शुरु

बंगलादेश, भदौ १८ । साफ सुजुकी कप २०१८ को पहिलो खेलमा नेपाल र पाकिस्तानबीचको खेल शुरु भएको छ । बंगलादेशको राजधानी ढाकामा रहेको बंगबन्धु राष्ट्रिय रंगशालामा खेल केह िसमय अघि शुरु भएको हो ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै सुखद शूरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । नपाल र पाकिस्तान यसअघि १५ पटक आम्नेसाम्ने भएका छन् । नेपालले ५ खेलमा जित निकालेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ ।

नेपालले पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १–१ गोलको बराबरी खेलमा खेल टुंग्याएको थियो ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!