अब फेसबुकमा जुनसुकै भाषाको पोस्ट आफ्नो भाषामा पढ्न सकिने !

फेसबुकमा शोधकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरेर अलग अलग भाषाहरू अनुवाद गर्ने दुरुस्त तरिका पत्ता लगाएका छन् ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको जानकारी अनुसार यस खोजलाई आगामी अक्टोबर ३१ देखि नोभेम्बर ४ सम ब्रसेल्समा हुन् गइरहेको ‘इम्पिरिकल मेथड इन नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ’ अर्थात इएमएनएलपी-२०१८  सम्मेलनमा प्रस्तुत गरिनेछ ।

सोशल मीडिया कंपनी फेसबुकले संसारभरि छरिएर रहेका आफ्ना प्रयोगकर्ताहरूलाई आफूले रुचाएको भाषामा पोस्ट पढ्न सहयोग पुऱ्याउन ‘स्वचालित भाषा अनुवाद’ विधिको प्रयोग गर्ने गर्दछ । यदि यो खोज सफल रहेको खण्डमा यो फेसबुकका लागि अझै ठुलो र महत्वपूर्ण सफलता हुनेछ ।

यसको प्रयोगले प्रयोगकर्ताको फेसबुक अनुभव अझै भव्य हुने विश्वास गरिएको छ । फेसबुकमा यो फिचर सफलतापूर्वक जोडिएपछि प्रयोगकर्ताले जुनसुकै भाषाको पोस्ट पनि आफूलाई सहज लाग्ने भाषामा पढ्न सक्ने छ र त्यो पनि  त्रुटीरहित ढंगले ।

वर्तमान ‘यान्त्रिक अनुवाद’ प्रणालीले केही भाषाहरूमा मानवीय बोध क्षमता सरह नै कार्य सम्पादन गर्न सक्दछ । तर यसका लागि प्रणालीमा अलग अलग भाषाहरूको अपार संग्रह हुनु आवश्यक रहेको हुन्छ । ‘फेसबुक आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च या फेयर’को टोलीले स्वचालित यान्त्रिक अनुवादको विशेष प्रणाली विकास गरेको छ । यसमा विकिपिडिया जस्ता वृहद पाठ भएका वेबसाइटबाट अलग-अलग भाषाहरूका वाक्यहरू लिइएको छ ।

फेयरको पेरिसस्थित शोध प्रयोगशालाका पमुख शोधकर्मी एन्टोनी बोर्ड्सका अनुसार विभिन्न भाषाहरूको समानान्तर संग्रह तयार गर्नु धेरै जटिल काम हो । यसमा दुवै भाषाहरूमा पारंगत व्यक्तिहरू आवश्यक रहन्छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!