गायक भुवन थापाको चौथो एल्बम‘मानुङको शिरबाट’सार्वजनिक (भिडियाेसहित)

दोहा, भदौ १९ । गायक तथा संगीतकार भुवनसिहं थापाले नयाँ लोक पप गीत ‘मानुङको शिरबाट’ बजारमा ल्याएका छन् । लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशिस थापाको मानुङको शिरबाट चौथो एल्बम

यसअघि थापाले २०६० सालमा ‘फेवातालमा कमल फुलेछ’, २०६५ सालमा ‘सतरङ्गि ईन्द्रेणी’ र २०७० सालमा ‘तिमी थियौ’ जस्ता गीति एल्बम बजारमा सार्वजिनक गरिसकेका छन।

मानुङको शिरबाट बोलको गितको टाइटल तनहुँको मानुङडाडाँलाई समेटेर तनहुँजिल्लाको विभिन्न ठाउँको परिचय समेत दिएका छन।

गीतको म्युजिक भिडियो तनहुँको रमणीय स्थलहरू मानुङडाडाँ, डुम्रे, बन्दीपुर, सदरमुकाम दमौली, केशवटार र घासीकुवाँ लगायत विभिन्न ठाउँहरूको दृश्य देखाइएको छ । गीतको छायांकन फलबहादुर थापाले गरेका हुन् । गीतमा स्वर, संगीत र संगीत संयोजन भुवन आफैले गरेका छन् । भने शब्द याम थापा मगर र कोरस स्वर शर्मिला सेरापुन्जाको रहेको छ ।

करिब डेढ दशकदेखि नेपाली गीत संगीतमा सक्रिय थापा विगत पाचँ वर्षदेखि जापनमा कार्यरत छन । सानैदेखि संगीत क्षेत्रमा रुचि राख्ने थापाले घर देशमा होस यता परदेशमा आफू जहाँ रहेपनि नेपाली गीत संगीतलाई मनैदेखी मायाँ गर्ने र लागि पर्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!