नेकपाका प्रवक्ता विश्वकर्मा फेरि पक्राउ, काठमाडौंबाट भोजपुर लगियो

मोरङ, भदौ१९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई भोजपुर लगिएको छ ।

सर्वोच्च अदालतको आदेशमा सोमबार नुवाकोटमा रिहा भएका प्रकाण्डलाई प्रहरीले त्यस लगत्तै पक्राउ गरि विराटनगर हुँदै प्रहीले मंगलबार भोजपुर लगेको हो ।

म‌ंसिरमा सम्पन्न निर्वाचनमा चुनावी प्रचारप्रसारका क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा पक्राउ गरी कारबाहीका लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ।

साउन २२ गते काठमाडौंबाट पक्राउ गरिएका प्रकाण्डलाई सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणकाे रिटमा सुनुवाई गर्दै तीन पटक रिहा गर्न आदेश दिइसकेको छ । तर, प्रहरीले भने अदालत परिसरबाटै पक्राउ गर्दै अाएकाे छ ।

अदालतले विश्वकर्मालाई रिहा गर्न आदेश दिएपनि बारम्बार छाड्दै पक्राउ गरेकोमा गम्भीर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!