प्रवासी नेपाली मञ्च र जनसांस्कृतिक मञ्च कतारद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

दोहा, भदौ १९। प्रबासी नेपाली मंच र जनसास्कृतिक मंचकतारले पार्टी सदस्यलाई बिदाई गरेको छ ।

मंचले सोमबार सनैयाको हवाईट हाउस होटलमा एक कार्यक्रमका बीच कर्मभूमि कतारको बसाइँ बिटमारेर जन्मभुमि जान लागेका सदस्य हरिबिनोद अधिकारिलाइ पार्टी सदस्यता स्थान्तरण,सम्मान सहित बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा बोल्दै प्रबासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेलले बिदेशको बसाई छोटाएर नेपालमा घरपरिवार संगै रहेर केही गर्ने सोच सहित जान लागेका अधिकारिलाई सफलताको शुभकामना व्यक्त गर्दै प्रबासको पार्टी प्रति गित, संगित, विभिन्न माध्यमबाट सक्रिय सदस्य स्वदेशमा पनि लगातार लाग्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै बिदाइ भएका सदस्य हरिबिनोद अधिकारीले सबैलाई धन्यवाद दिदै प्रबासी नेपाली मंच र जनसास्कृतिक मंच कतारले गरेको सम्मानले आफुलाई नेपालमा गएपछी पनि पार्टिमा सक्रिय लाग्न थप उर्जा प्रदान गरेको बताए ।

प्रबासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रबासी नेपाली मंच कतारका पुर्ब अध्यक्ष दिलकिरण खुजुम, बर्तमान वरिष्ठ उपाध्यक्ष दोर्ण बस्नेत, नेपाली जनप्रगतिशिल मंच संगठन बिभाग प्रमुख मोहन कार्की, प्रबासी नेपाली मंच कतारका सचिबालय सदस्य छबिरमण कटुवाल लगायतले सदस्य अधिकारिको अभाव खडने भएपनि जन्मभुमिको बसाईमा पनि सधै पार्टी, संगठनको कार्यमा सक्रिय रहन आग्रह गर्दै बिदाई मन्तब्य राखेका थिए ।

मंचका उपाध्यक्ष चानिकलाल राज बंशिले स्वागत गरेको कार्यक्रममा संचालन सचिव प्रभात त्रिपाठिले गरेका थिए। सम्पन्न कार्यक्रममा जनसास्कृतिक मंच आवद्ध कार्यसमिति पदाधिकारी, सदस्य लगाएतको उपस्थितरहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!