सन्दीपले झारे पाँच विकेट, नेपालको स्थिति भने निरीह

बाङ्गी (मलेसिया), यहाँ जारी एसिया कप छनौट खेलमा हङकङसामु नेपालको प्रदशन फितलो देखिएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रेको नेपाली टोलीले निर्धारित ५० ओभर खेल्न पाएन ।

३७.५ ओभरमै अल आउट हुँदा नेपालले जम्मा ९५ रङ मात्र जोड्न सक्यो । ९६ रनको सामान्य लक्ष पछ्याउँदै मैदान आएको प्रतिस्पर्धी टोलीलाई सन्दीप लामिछानेले लगाम लगाएर राखे पनि नेपालको सानो स्कोरका कारण उनको प्रयासले नेपाललाई विजयसम्म पुऱ्याउन सक्ने भने देखिएको छैन  ।

आफ्नो १० ओभरको स्पेलमा सन्दीपले २७ रन दिएर ५ विकेट झारे । समाचार तयार हुँदासम्म हङकङको स्कोर ३० ओभरमा ८८ रन रहेको छ । उसको सात विकेट झरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!