भारतीय वायुसेनाको लडाकू विमान दुर्घटनाग्रस्त

नयाँदिल्ली, भदौ १९ । भारतीय वायुसेनाको लडाकू विमान मिग–२७ मंगलवार जोधपुरको बनाडमा दुर्घटनाग्रस्त भएको छ । तर विमानमा पाइलट भने सकुसल रहेका छन् । विमान जलेर पूर्णरुपमा नष्ट भएको छ ।

विमान दुर्घटना हुन भन्दा पहिला नै पायलट सुरक्षित तबरले उद्दार गरिएको रक्षा प्रवक्ता कर्नल सोमबित घोषले बताएका छन् । कर्नल घोषका अनुसार वायुसेनाका विमान नियमित उडान रहेका बेला दुर्घटनाग्रस्त भएको हो ।

मिग–२७ विमानले वायुसेनाका जोधपुरस्थित एयरबेस क्याप्मबाट उडेको थियो । उनले भने, ‘‘ मिग–२७ विमानले वायुसेनाको जोधपुर एयरबेसबाट मंगलबार विहान एक नियमित उडान भरेको थियो । विमान दुर्घटनाग्रस्त हुनु भन्दा पहिला नै उक्त विमानका पायलट विमानबाट सकुसल बाहिर निकालिएको थियो । दुर्घटनाको कारण पत्ता लगाउनका लागी कोर्ट अफ इन्क्वायरी शुरू गरिएको छ ।’

जोधपुरका उपायुक्त अमनदीप सिंहका अनुसार दुर्घटनामा कसैको हताहत भएको छैन् । सिंह र अन्य पुलिस अधिकारी घटनास्थलमा पुगिसकेका छन् र उक्त क्षेत्रलाई घेराबन्द गरी अनुसन्धान शुरु गरेका बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!