एसिया कप छनोटः नेपाल ९५ रनमै समेटियो, तीन खेलाडीले खाता खोल्न सकेनन् !

काठमाडौं, भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपाल हङकङसँग ९५ रनमै अल आउट भएको छ । ३७.५ ओभरमा मात्र ९५ रन बनाउदै नेपाल अलआउट भएको हो ।

आज नेपालको प्रदर्शन निकै कमजोर रह्यो । कुनै पनि ब्याट्म्यान टिकेर खेल्न नसक्दा नेपालको इनिङ संकटमा पर्यो । प्रारम्भीक ब्याट्म्यान सुवास खकुरेल शुन्य रनमा आउट हुँदा नेपालको विकेट पतन जारी रह्यो ।

नेपालका लागि आरिफ शेख २०, साेमपाल कामी शून्य, सागर पुन ७, दिपेन्द्रसिंह ऐरी २, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाउन मात्र बनाउन सके । यस्तै, तेस्रो विकेटका रुपमा अनिल शाह आउट भएका थिए । उनी ४२ बल खेलेर १५ रन बनाउदै आउट भए । पहिलो विकेट सुवास खकुरेल शून्य र दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए ।

नेपालका लागि तीन खेलाडीले आज खाता नै खोल्न सकेनन् । सुवास खकुरेल, सोमपाल कामी र ललितनारायण राजवंशीले खाता नै खोल्न नसकेका हुन् । बलिङमा हङकङका इशान खान नेपालका लागि घातक भए ।

उनले आठ ओभर बलिङ गर्दै मात्र १५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । यस्तै, तनवारी अफ्जल र आजिक खानले समान २ २ विकेट लिए । भने, नडिम अहेमद र इशान नवाजले एकएक विकेट हात पारे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!