नेपालाई १०० रन कटाउन पनि मुस्कील, गुम्यो सातौं विकेट !

काठमाडौं, भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।  सातौं विकेट रुपमा साेमपाल कामी (शून्य) आउट भएका छन् । छैटौं विकेटको रुपमा सागर पुन आउट भए । उनी ७ रनमा आउट भएका हुन् ।

 

यसअघि पाँचौ विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी (२) आउट भएका थिए । चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भए । उनले २६ बल खेलेर मात्र १२ रन बनाउन सके ।

 

यस्तै, तेस्रो विकेटका रुपमा अनिल शाह आउट भएका थिए । उनी ४२ बल खेलेर १५ रन बनाउदै आउट भए । पहिलो विकेट सुवास खकुरेल शून्य र दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए । नेपालले २७ ओभरको खेल सकिदा महत्वपूर्ण ७ विकेट गुमाउँदै मात्र ६७ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!