एसिया कप छनोटः नेपालको इनिङ धरापमा, सागर पनि आउट ! [अपडेट]

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा सागर पुन आउट भएका छन् । उनी ७ रनमा आउट भएका हुन् ।

 

यसअघि पाँचौ विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी (२) आउट भएका छन् । चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका थिए । उनले २६ बल खेलेर मात्र १२ रन बनाउन सके ।

 

यस्तै, तेस्रो विकेटका रुपमा अनिल शाह आउट भएका थिए । उनी ४२ बल खेलेर १५ रन बनाउदै आउट भए । पहिलो विकेट सुवास खकुरेल शून्य र दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए । नेपालले २२ ओभरको खेल सकिदा महत्वपूर्ण ६ विकेट गुमाउँदै मात्र ५७ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!