नेपालको लगातार विकेट पतन, दिपेन्द्र पनि पवेलियन फर्किए ! [अपडेट]

काठमाडौं । एसिया कप छनोट अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी आउट भएका छन् । उनी २ रन बनाउदै पवेलियन फिर्ता भए । चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका थिए । उनले २६ बल खेलेर मात्र १२ रन बनाउन सके ।

यस्तै, तेस्रो विकेटका रुपमा अनिल शाह आउट भएका थिए । उनी ४२ बल खेलेर १५ रन बनाउदै आउट भए । यसअघि सुवास खकुरेल शून्य र कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए । नेपालले २१ ओभरको खेल सकिदा महत्वपूर्ण ५ विकेट गुमाउँदै मात्र ५५ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!