कोल्ड स्टोर निर्माण पक्रिया अगाडि बढ्यो- राज्य मन्त्री चौधरी

सुनसरी, भदौ १९ । सुनसरीको सदरमुकाम इनरुवामा कोल्ड स्टोरसहितको कृषि थोक बजार निर्माण गर्ने कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले बताएकी छन् । चालू आर्थिक वर्ष २०७५ ०७६ मा कोल्ड स्टोरका लागि बजेट छुटयाइसकेकोले प्रक्रियासमेत अगाडि बढी सकेको चौधरीले बताइन् ।

कृषि मन्त्रालय र इनरुवा उद्योग बाणिज्य संघको साझेदारीमा निर्माण हुने कृषि बजार अवलोकनमा पुगेकी मन्त्रीले कोल्ड स्टोर निर्माणपछि यहाँका किसानलाई धेरै राहत हुने बताइन् ।सोमबार निर्माण हुने कोल्डस्टार स्थलको अवलोकनमा मन्त्री चौधरीसहित उधोग बाणिज्य संघका अध्यक्ष पंन्च देव मेहता, पदाधिकारी, समाज सेवी रामप्रसाद मेहतालगायत सहभागी थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!