एसिया कप छनोटः नेपालले टस जितेर ब्याटिङ रोज्यो [अपडेट]

काठमाडाै । मलेसियामा जारी एसिया कपको पाँचौ खेलमा नेपाल अहिले हङकङसँग खेलिरहेको छ । नेपालले आज टस जितेर ब्याटिङ रोजेको छ ।  ओमान र युएईसँग लज्जास्पद हार बेहारेको नेपाललाई एसिया कप छनोटको फाइनलसम्मको यात्रा तय गर्नु निकै गाह्रो छ ।

 

एद्यपि समूह चरणका अन्तिम खेलहरु बाँकी रहँदा नेपालले फाइनलको यात्रा तय गर्न गणितीय सम्भावना भने बाँकी नै रहेको छ। गणितीय रुपमा सम्भब देखिए पनि फाइनल पुग्ने नेपालको आशा वास्तविकतामा भने भगवान भरोसामा छ।

 

नेपाल अहिले अंक तालिकाको चौथो स्थानमा रहेको छ। सिंगापुर बिरुद्धको खेलमा पाएको १५२ रनको लक्ष्य चांडै पुरा गर्न नसक्दा नेपालले आफ्नो नेट रनरेटमा ठुलो सुधार गर्न सकेन। यदि नेपालले सो लक्ष्य १७ ओभरको वरपर भेट्टाउन सफल रहेको भए नेपालको नेट रन रेट ०.५३ को अवस्थामा पुग्ने थियो। ‘गर या मर’ को अवस्थामा समेत टोलीमा आक्रामक ब्याट्सम्यानहरु नछानिनु आश्चर्यको बिषय बन्यो।

 

नेपालले अब ओमानबाट युएईलाई पछि पार्दै दोस्रो स्थान लिने आशा राखेको छ। तर यदि युएई र ओमान बिरुद्धको खेलमा युएई बिजयी भए वा खेल हुन नसकेपनि नेपाल प्रतियोगिताबाट बाहिरिने छ। गणितीय सम्भावनालाई हेर्ने हो भने नेपालले अझैपनि हङकङ र युएईलाई पछि छाड्न सक्छ।

 

 

तर ओमान अझैपनि फाइनलका लागि छनौट नभएको अवस्थामा उसले १५१ रन जोड्न हतार गर्ने कुनै कारण छैन। यदि हङकङले नेपाललाई पराजित गरेमा र ओमान आफु समेत युएई बिरुद्ध पराजित भएमा ओमान समेत प्रतियोगिताबाट बाहिरिने छ। त्यसैले ओमानले आफ्नो जित सुनिश्चित गर्न साधारण तरिकाले नै खेल्नेछ। यदि ओमानले युएई बिरुद्ध पहिले बलिंङ गरेमा नेपालको सम्भावना लगभग समाप्त हुन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!