साफ सुजुकी कपः नेपालले आज पाकिस्तानसँग खेल्ने, कस्तो छ विगत ?

काठमाडौं, भदौ १९ । मंगलबारबाट बंगलादेशको ढाकामा साफ सुजुकी कप फुटबलको १२ औं संस्करण सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा हुने सुजुकी कपमा नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्ने छ ।

 

नेपाल र पाकिस्तानको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ । पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको आशमा रहनेछ । किनकी नेपालले यस संस्करणको उपाधि जित्दै पहिलोपटक साफ जित्ने लक्ष्य बनाएको छ ।

 

साफमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म ६ खेल खेलेको छ । तर, साफको नयाँ संस्करणपछि नेपालले ४ खेल खेलेको छ । नेपालले ६ खेलमा २ जित निकाल्दा ३ खेलको बराबरी गरेको छ । एक खेलमा पराजय बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!