एसिया कप छनोटः नेपाल यसरी मात्र पुग्न सक्छ फाइनल

काठमाडौं, भदौ १९ । ओमान र युएईसँग लज्जास्पद हार बेहारेको नेपाललाई एसिया कप छनोटको फाइनलसम्मको यात्रा तय गर्नु निकै गाह्रो छ । यद्धपि समूह चरणका अन्तिम खेलहरु बाँकी रहँदा नेपालले फाइनलको यात्रा तय गर्न गणितीय सम्भावना भने बाँकी नै रहेको छ। गणितीय रुपमा सम्भब देखिए पनि फाइनल पुग्ने नेपालको आशा वास्तविकतामा भने भगवान भरोसामा छ।

 

नेपाल अहिले अंक तालिकाको चौथो स्थानमा रहेको छ। सिंगापुर बिरुद्धको खेलमा पाएको १५२ रनको लक्ष्य चांडै पुरा गर्न नसक्दा नेपालले आफ्नो नेट रनरेटमा ठुलो सुधार गर्न सकेन। यदि नेपालले सो लक्ष्य १७ ओभरको वरपर भेट्टाउन सफल रहेको भए नेपालको नेट रन रेट ०.५३ को अवस्थामा पुग्ने थियो। ‘गर या मर’ को अवस्थामा समेत टोलीमा आक्रामक ब्याट्सम्यानहरु नछानिनु आश्चर्यको बिषय बन्यो।

 

नेपालले अब ओमानबाट युएईलाई पछि पार्दै दोस्रो स्थान लिने आशा राखेको छ। तर यदि युएई र ओमान बिरुद्धको खेलमा युएई बिजयी भए वा खेल हुन नसकेपनि नेपाल प्रतियोगिताबाट बाहिरिने छ। गणितीय सम्भावनालाई हेर्ने हो भने नेपालले अझैपनि हङकङ र युएईलाई पछि छाड्न सक्छ।

 

हङकङबिरुद्ध नेपालले पहिले ब्याटिंङ गरे ओमानले युएईसंग पहिले ब्याटिंङ गरेको खण्डमा यदि ओमान र नेपालले युएई र हङकङ बिरुद्ध पहिले ब्याटिंङ गर्दै ३०० रन बनाएमा जवाफमा दुवै टोलीले बिपक्षिलाई १७५ रन वा सो भन्दा कम स्कोरमा रोक्नु पर्ने हुन्छ। यस्तो भएको खण्डमा नेपालले युएईलाई रन रेटका अजधारमा पछि छाड्न सक्छ।

 

प्रतियोगीतामा अहिलेसम्म युएईले सिंगापुर बिरुद्ध ३१२ रन जोड्न बाहेक अन्य टोलीले यो आँकडा छुन सकेका छैनन्। नेपाली ब्याटिंङ चल्न नसकेको अवस्थामा र युएईका बलरहरुको प्रदर्शनलाई नियाल्दा दुवै टोलि ओमान र नेपाललाई ३०० रन कटाउन मुस्किल बन्न सक्छ। त्यसैले यदि २५० रन मात्र जोडेर भएपनि बिपक्षि टोलीलाई १२५ रनमा समेट्ने हो भने नेपालको रन रेट माथि जानेछ।

 

यदि नेपालले पहिले बलिंङ गर्दै हङकङलाई १५० रनमा रोक्ने हो भने नेपालले सो लक्ष्य १९.५ ओभर भित्र पुरा गर्नु पर्नेछ। यस्तै ओमानले युएईलाई १५० रनमा रोकेमा ओमानले १५१ रनको लक्ष्य २५ ओभरमा जोडेपनि नेपालको रन रेट युएइको भन्दा माथि जानेछ।

 

तर ओमान अझैपनि फाइनलका लागि छनौट नभएको अवस्थामा उसले १५१ रन जोड्न हतार गर्ने कुनै कारण छैन। यदि हङकङले नेपाललाई पराजित गरेमा र ओमान आफु समेत युएई बिरुद्ध पराजित भएमा ओमान समेत प्रतियोगिताबाट बाहिरिने छ। त्यसैले ओमानले आफ्नो जित सुनिश्चित गर्न साधारण तरिकाले नै खेल्नेछ। यदि ओमानले युएई बिरुद्ध पहिले बलिंङ गरेमा नेपालको सम्भावना लगभग समाप्त हुन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!