‘स्मार्ट लाईसेन्स’ अब प्रदेशबाट पाइने

काठमाडौं, भदौ १९ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ ।

 

विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो । नेपाल समााचारपत्रमा खबर छ ।

 

प्रदेशबाट लाईसेन्स बाँड्ने गरी प्रक्रिया अगाडी बढाइएको बताउँदै विभागका महानिर्देशक लावण्यकुमार ढकालले भने, हामीले आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ, कुन तहबाट वितरण गर्ने र केन्द्रिय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!