खानेपानीमा पहुँच पुर्याउन सरकार कटिबद्ध– मन्त्री मगर, ११ वर्षपछि बडिचौर खानेपानी आयोजना सञ्चालनमा

सुर्खेत, भाद्र १८
खानेपानी मन्त्री बीना मगरले जनताको आधारभूत खानेपानीमा पहुँच पुरयाउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ । । मगरले सवै नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्थाका लागि मार्चचित्र तयार गरिएको बताउँदै सरकारले सोही अनुरुप बजेट र योजना समेत तर्जुमा गरेको बताइन ।

पश्चिम सुर्खेतको वराहताल गाँउपालीका ५ मा रहेको वडडीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा सञ्चालीत खानेपानी गुणस्तर सुधार आयोजनाको उदघाटन गर्दै मन्त्री मगरले नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गरिने बताएकी हुन ।

संविधानले नै स्वच्छ र सफा पानी पिउने नागरिक अधिकारलाई ग्यारेण्टी गरेको बताउँदै मन्त्री मगरले प्रदेश र स्थानिय सरकारसँग हातेमालो गरि यसक्षेत्रका खानेपानी समस्याहरु समधान गरिने बताइन । “सवै नागरिकलाई स्वच्छ खानेपानीका पुरयाउनका लागि सरकारले प्राथामिकता दिएर बजेट छुट्याएको छ” उनले भनिन । “समुदाय र सरकार मिलेर आवश्यकता पहिचान गरी योजना सञ्चालनमार्फत खानेपानीको समस्या हल गरिने छ ।” खानेपानी संञ्चलनमा आए संगै वराहताल क्षेत्रका स्थानिय बासीलाई शुद्धपानी पिउन सहज हुने उनको भनाई थियो ।

सुर्खेतको खानेपानी लगायत अन्य क्षेत्रको विकासको लागी सरकार सुर्खेती जनताको साथमा रहने उल्लेख गरिन । सरकारले निशुल्क खानेपानीमा सवै नागरिकको पहुच पुरयाउने योजना वनाएको जानकारी दिइन ।

११ वर्षपछि खानेपानी आयोजना

पश्चिम सुर्खेतको बराहताल गाउपालिकामा रहेको बडिचौर खानेपानी आयोजना ११ वर्षपछि संञ्चालनमा आएको छ ।
२०६४ साल बाट निर्माण कार्य सुरु भएको खानेपानी आयोजना ११ बर्ष पछि संञ्चालनमा आएको हो । सरकारको ८० प्रतिशत लगानीमा सोमबार खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले उदघाटन गर्नु भएको हो ।

उक्त आयोजनाबाट बराहताल गाउपालिकाका वडा नंबर ५ र ८ का करिब २ हजार घरधुरी लाभान्वीत भएका छन । ३ करोड ३४ लाख ८९ हजार लागतमा खानेपानी आयोजना निर्माण भएको खानेपानीका अध्यक्ष अर्जुन कुमार वुचामगरले जानकारी दिए ।


सरकारको २ करोड ९७ लाख ८९ हजार र उपभोक्ता समितिको ३७ लाख रुपैया लागत अध्यक्ष मगरले वताए । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य नवराज रावत, कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती, प्रदेश साँसद विन्दमान विष्ट, यज्ञ विसी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!