काममा ढिलाई गर्ने व्यवसायीलाई कारबारी : मन्त्री महासेठ

मोरङ, भदौ १८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मुलुकमा विकास र समृद्धि ल्याउन सक्षम निर्माण व्यवसायी आवश्यक भएको बताएका छन् ।

निर्माण व्यवसायी संघ मोरङले सोमबार विराटनगरमा आयोजना गरेको २४ वर्षिक साधारण सभामा उनले विदेशी ठेक्केदार ल्याएर मुलुकको विकास गर्न नसकिने बताए । विदेशी ठेक्केदारलाई विकास निर्माणको काम टेण्डर गरेर दिएपनि अन्ततोगत्वा काम गर्ने भनेको यहीको ठेक्केदार हुन्छ,’ उनले भने, ‘त्यसैले यहीँको ठेक्केदारलाई सक्षम बनाएर विदेशी ठेक्केदारले गर्ने काम गराउनु पर्छ जसले बीचको मुनाफा विदेश पलायन हुनबाट जोगिन्छ र सस्तो दर रेटमा विकास निर्माणको काम पनि हुन्छ ।’

निर्माण वयवसायीले सानोदेखि ठूलो कामको ठेक्का लिन नपाउने भएको छ । ‘निर्माण व्यवसायी देश निर्माण गर्ने उद्योगी भएकोले हरेक थोकको ठेक्केदार बन्न नमिल्ने व्यवस्था गर्न लागेका छौं, उनले भने, ‘निर्माण व्यवसायीहरुको बर्गीकरण गरेर त्यही अनुसारको काम र सेवा सुविधाको व्यवस्था गर्न लागेका छौं र त्यसले सानो काम पनि ठूला ठेक्केदारले गर्न पाउँदैन ।’

मन्त्री महासेठले निर्माणको काममा ढिलाई गर्ने निर्माण व्यवसायीलाई कारबारी गर्ने बताए । ‘साइड क्लियरेन्स नभएर र अन्य कुनै अवरोधका कारण निर्माण काम ढिलाई भएको अवस्थामा कारबाही हुँदैन,’ उनले भने, ‘साइड क्लियरेन्स भएको र जानाजान निर्माण काममा ढिलाई गर्नेलाई कारबाही हुन्छ ।’ कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!