पाकिस्तानमा भोलि राष्ट्रपतीय चुनाव, पीटीअार्इका आरिफ राष्ट्रपति बन्ने निश्चित

इस्लमावाद, भदौ १८ । पाकिस्तानमा नयाँ राष्ट्रपतिका लागि भोलि चुनाव हुँदै छ । प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पिटीआई) पार्टीका उम्मेदवारले चुनाव जित्ने निश्चित भएको छ ।

पाकिस्तानी चुनाव आयोग(एपीसी) ले राष्ट्रपतीय चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । नेशसनल एसेम्बलीका साथै चारवटै प्रान्तिय एसेम्बलीमा मतदान केन्द्र स्थापना गरिएको छ । मुख्य निर्वाचन आयुक्त सरदार रजा खान नै राष्ट्रपति निर्वाचन अधिकारी हुने छन् ।

निवर्तमान राष्ट्रपति ममनून हुसेनको कार्यकाल सेक्टेम्बर ८ मा समाप्त हुँदै छ । उनले आगामी कार्यकालका लागि उम्मेदवार बन्न अस्वीकार गर्दै उम्मेदवार बनेन् ।

राष्ट्रपतिका लागि ३ जना उम्मेदवार
प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआइबाट आरिफ अल्वी, पाकिस्तान पिपल्स पार्टीबाट चौधरी एतजाज अहसन र जमीअत–ए–उलेमा (एफ) बाट मौलना फजल उर रहमान चनावी प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!