सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियोसहित)

काठमाडौं, भदौ १८ । लामो समयदेखि कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले पहिलो सांगेतिक कोशेली ‘नजरको तिर’ बोलको गीत बजारमा ल्याएका छन् ।

सागर कै आवाज र अभिनय रहेको गीतमा उनलाई स्वरमा रेनु निरौलाले अभिनयमा नविना ढकालले साथ दिएकी छन् । गीतमा भिम बिष्ट (शिरिष) को शब्द रहेको छ ।

म्युजिक भिडियोलाई प्रबिन सिंहले कोरियोग्राफी गरेका छन् । पछिल्लो समयका युवा पुस्ताहरुमा सागरको आवाज एवं कोरियोग्राफीको माग र चर्चा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!