बजारमा आज सुनचाँदीको भाऊ कति छ ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार भने बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार बढेर चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!