स्त्री : यदि स्त्रीले हामीसँग जबर्जस्ती ‘त्यस्तो’ गरिन भने नि…

सिन्धुवासिनी/बिबिसी

स्त्रीले जबर्जस्तीगर्न सक्दैन, जबर्जस्ती त पुरुषले मात्रै गर्छन । तर, स्त्रीले नै हामीसँग जबर्जस्ती गरिन् भने नि ? अहँ, स्त्री कसैसँग जबर्जस्ती गर्दिनन् । स्त्री पहिला सोध्छे– हेलो मिष्टर फलाना ढिस्काना…

यो डायलग सुन्दा दिल्लीको चाणक्यपुरी पिबिआर थिएटरमा जोरको हाँसो गुञ्जिन्छ । डायलग एउटा कमेडी हरर चलचित्र ‘स्त्री’को हो । चलचित्रको कथा एउटी त्यस्ती स्त्रीको हो जो सेक्स वर्कर (समाजले जसलाई वेश्या भन्छ)को हो र उसको कोहीसँग प्रेम थियो ।

कुरा बिहेसम्म पुग्यो । तर बिहा हुन पाएन । किनभने शहरका मानिसहरुले यो पचाउन सकेनन् ।

 एउटी सेक्स वर्कर कसैसँग प्रेम गर्छे । अनिबिहा गरेर घर बसाल्नखोज्छे । यदिउसले त्यसो गरे पुरुषहरुको यौन कुण्ठाको पूर्ति कसले गर्ला ?

स्त्रीको सुहागरात

परिणामस्वरुप उसको र प्रेमीको हत्यागरिन्छ । अब स्त्रीले आफ्नो प्रेम फिर्ता चाहन्छे । ऊ सुहागरात मनाउन चाहन्छे । निकै ठूलो चाहनाछ ।तर ऊ त वेश्यापो थिई ।
एकजना सेक्स वर्करको मनमा सुहागरातको यति विधि लालसा किन छ ? के थाहा, उ त हरेक दिन कैयन पुरुषसँग सुत्छे होली ।

चलचित्र हेर्दा मनमा यी प्रश्नहरुको समुन्द्र नै उम्लिन्छ । सेक्स वर्कर थिई । कैयौंसँग दैनिक सुत्थीहोली । उ कुनै पुरुषसँग सुत्दा या पुरुषऊसँग सुत्ने गर्थे । के कुनै रात उसका लागि सुहागरात जस्तो रह्यो होला? या उससँग बलात्कार भयो होला? जेहोस्, अहिले भने स्त्रीले आफ्नो प्रेम खोजिरहेकी छे । आफ्नो सुहागरातको प्रतिक्षामा छे ।

अब उ शहरका पुरुषको नामलिएर बोलाउँछे र जसले पनिउतिर फर्केर हेर्छ त्यसलाई उठाएर लैजान्छे ।

स्त्रीलाई सबैका नाम र ठेगाना थाहा छ । किनभने उससँग सबैको आधार नम्बर (भारतमा पहिचानपत्रको नाम–अ.) । हो, त्यहीआधार जुन १३ फीट उँचो र पाँच फीट मोटो पर्खालभित्र सुरक्षित छ । तर ह्याकरहरुले शर्मा जीको डिटेल्स छोडेनन भने, उ त स्त्रीहो नि, अनि कसरी छोडथि र डिटेल्स निकाल्न ।

ए, पुरुषहरुलाई लगेर जान्छे तर छोडेर जान्छे उनीहरुका कपडा ।

पीडा हुँदैछ पुरुषलाई

अनि पुरुषका ती छोडिएका कपडाहरु शहरभरी आतंक मच्चाइरहेका छन् । पुरुषहरुलाई पीडा भइरहेको छ । पुरुष घरमाबन्द छन् । महिलाहरु बाहिर गइरहेका छन् । पुरुषउनीहरुलाई छिटो घर फर्किन भनिरहेका छन् । किनभने उनीहरु त्रसित छन् । उनीहरुलाई स्त्रीको डरले सताएको छ ।

अब आमाहरु आफ्ना छोराहरुलाई छिटो फर्किन र रातीबाहिर नघुम्न सल्लाह दिइरहेका छन् । बहिनीहरु आफ्नो भाइको रक्षाका लागि बडिगार्ड बनेर उनीहरुसँगै हिँडिरहेका छन् । पार्टी गरिरहेका युवाहरुलाई अँध्यारो बढेसँगै मम्मीले गाली गर्ने डरले सताइरहेको छ ।

अब आमाहरु आफ्ना छोराहरुलाई छिटो फर्किन र राती बाहिर नघुम्न सल्लाह दिइरहेका छन् । बहिनीहरु आफ्नो भाइको रक्षाका लागि बडिगार्ड बनेर उनीहरुसँगै हिँडिरहेका छन् । पार्टी गरिरहेका युवाहरुलाई अँध्यारो बढेसँगै मम्मीले गाली गर्ने डरले सताइरहेको छ ।

 

भनम कि सबै कुरा वास्तविकताभन्दा उल्टोपाल्टो भएको छ । महिला र पुरुषको भुमिका परिवर्तन भएको छ शहरमा। तर, यस्तो कतिदिनसम्म चल्छ? कहिलेसम्म पुरुष महिलासँग डराएर बस्लान ? आखिर महिलाहरु तमर्दकाजुत्ता न पो हुन ? बढी मनमानी गरे एक थप्पड हान, काट, मार, जलाइदेऊ । यो शहरकामानिसहरुले पनित्यो वेश्यासँग यस्तै गरेकाथिए । त्यो स्त्रीसँग यस्तै गरेकाथिए ।

तर, अब चुडैलबनेकी स्त्रीलाई कसरी थप्पड हान्ने, काटने या जलाउने ?त्यस्तो त उनीहरु जिउँदा महिलाहरुसँग पो गर्छन या जिउँदा महिलाहरुलाई आफ्नो सुविधा अनुसार चुडैल, बोक्सी या डायन बनाएर मार्छन, काटछन, जलाउँछन । यदि यो सुन्दा अनौठो लागिरहेको छ भने अमेरिकी लेखकमार्क ट्विनलाई सम्झिनुस् त । उनले भनिसकेका छन् कियथार्थ कल्पनाभन्दानिकै अनौठो हुन्छ ।

सत्य त के हो भने झारखण्ड, उडिसा, राजस्थान र मध्यप्रदेशमा हरेक वर्ष महिलाहरुलाई चुडैल या डायन बताएर मार्ने गरिन्छ । (नेपालमापनि–अनुवादक)
एनसीआरबी (नेशनल क्राइम रिकर्ड ब्यूरो)को तथ्यांकअनुसार, सन् २०१६ मा झारखण्डमा २७ र उडिसामा २४ महिलाहरुलाई डायनको आरोपमा हत्यागरिएको थियो ।
तर स्त्रीले खोजेको के हो ? यो प्रश्नसँग संसारभरिका पुरुषहरु त्यसरी नै जुधने गर्छन– आखिर के चाहन्छन महिला? व्हाट वुमेन वान्ट ?
यो प्रश्नको जवाफ तपाईंलाई यो स्त्रीले दिन्छ र यस्ता कतिपय प्रश्नको उत्तर सोच्नकालागि उद्धेलितपनि गर्छ ।

महिलाहरुको इच्छा

कमेडी र हरर मिलाएर बनाएको कुनै पनिचलचित्रमा गम्भीर बहसको सम्भावना कम नै हुन्छ । तर ‘स्त्री’भने संकेतमा पनि कैयन् गम्भीर कुरा भन्न पुग्छे ।

अझमहिलाहरु कहिले जबर्जस्तीगर्दैनन जबर्जस्ती त पुरुष गर्छनको बहानाबाट कन्सेन्ट यानि सहमतिको कुरामाथि बहस होस या स्त्रीलाई सुहागरातको बहानाबाट महिलाहरुको त्यो यौन इच्छातर्फ इशारा गर्नु किननहोस् जसलाई युगौंदेखि दबाउने कोशिस हुँदै आएको छ ।

बलिउड चलचित्रमा एकजना बुवाले आफ्नो छोरालाई स्वयम्सेवा (मास्टरबेट अर्थात हस्तमैथुन) गर्ने सल्ल्लाह दिएको देख्नु सुखद आश्चर्य जस्तै लाग्छ । बताउनु पर्दैन होला, यौन अपराधको एउटा ठूलो कारण सही यौन शिक्षा नमिल्नु पनि हो ।

जीव विज्ञानको किताबमा दश कक्षामा पढाउने शिक्षर प्रजननतन्त्र भएको त्यो पुरै अध्याय नै छोडने गर्छन जसमा यौन शिक्षाकाअलिकति नै किननहोस् सम्भावनाभने रहेको हुन्छ । अनि यौन शिक्षको आधाशिक्षा पाइन्छ पोर्न बाट । त्यहीपोर्न जुन हिंसात्मक हुन्छ । सत्यबाट कोशौं टाढा हुन्छ र जसमा महिलाहरुको यौन सुखलाई कहिलेकाहिँमात्रै महत्व दिइन्छ ।

न्यायर समानताको खोजी 

स्मरणशक्ति गुमाएर इमरजेन्सीको समयमा झुण्डिएका चरित्रलाई मानिसहरु इमरजन्सीबितिसकेको र अब देश राम्रो अवस्थामाभएको बताउने गर्दा तपाई आफैसँग सोध्नु हुनेछ कि के यो साँचो हो ? (माओवादीआन्दोलनविरुद्ध भारतमाइन्दिरा गान्धीको पालामालागु गरिएको आपतकालको यहाँचर्चा गरिएको हो ।)

त्यसो त चलचित्र सम्पूर्णमापर्फेक्ट भन्नखोजेको होइन तर तपाईलाई प्र्रश्नहरुको पर्फेक्ट उत्तर खोज्न भने यसले अवश्य नै भन्ने छ ।
न्यायर समानताको खोजीमा भटकिएका तीलाखौं महिलाहरुको कथाहो ‘स्त्री’ । यो ती स्त्रीहरुको कथाहो जसका सपनाहरुको कुनै न कुनै बेलाहत्यागरिएको छ, जसको कुनै न कुनै बेलाहत्यागरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!