गौरा पर्वमा नेता लेखराजले दिए मनछुने शुभकामना (वक्तव्य सहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व मन्त्री लेखराज भट्टले प्रदेश सातमा धुमधामकासाथ मनाइने गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार एक शुभकामना वक्तव्य निकाल्दै नेता भट्टले साझा पहिचान र अपनत्व बोकेको ऐतिहासिक गौरा पर्वको सबैलाई शुभकामना दिएका हुन् ।

 

उनले शुभकामना क्तव्यमा भनेका छन्, ‘नेपाली पश्चिम उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको विशिष्ट पहिचानका रुपमा रहेको यो पर्वले समग्र क्षेत्रको इतिहासलाई निरन्तरता दिँदै आएको छ । राज्य निर्माणको क्रममा बिभिन्न उथलपुथल झेल्दै गरिबी, असमानताबीच राज्यबाट उपेक्षित भएर बाँचेका प्रदेश नम्बर ७ र कर्णालीका जनताका लागि यो पर्व सामाजिक सम्मिश्रण र सम्बन्ध प्रगाढ पार्ने महान चाडका रुपमा रहँदै आएको छ ।’

 

पूर्वमन्त्री समेत रहेका भट्टले नेपालले संघीयताको अभ्यास गरिरहेको बेला गौरा पर्व पहिचानको दृष्टिले सिँगो प्रदेशलाई एकाताको भावनामा अगाडि बढ्ने मुख्य सांस्कृतिक मियो भएको बताए ।

 

प्रदेश सात सांस्कृतिक दृष्टिकोणबाट आपसी भाइचारा, सद्भाव र साझा पहिचानसँगै समृद्ध रहेपनि सामथ्र्यका आधारमा भने कमजोर पारिएको, राज्यको हेपाहा नीतिबाट पिल्सिएको तथ्यलाई समेत गौरा पर्वले स्मरण गराएको नेता भट्टले बताए ।

 

उनले ऐतिहासिक पहिचान बोकेको गौरा पर्वलाई जोगाउन सम्पूर्ण प्रदेशबासीलाई आग्रह पनि गरेका छन् । पूर्वमन्त्री भट्टले गौरा पर्वको अवसरमा दिएको शुभकामना वक्तव्य यस्तो छ-

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!