चक्कु प्रहार गरि जँड्याहा छोरीले गरिन् बाबुको हत्या !

पाँचथर, भदाै १८ । जिल्लाको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले धारिलो चक्कु प्रहार गरी बाबुको हत्या गरेकी छन्। तुम्वेवा गाउँपालिका-३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।

 

दिव्यरानीले शनिबार राति मादक पदार्थ सेवन गरी बाबुलाई चक्कु प्रहार गरेकी थिइन् । छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुर उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । बाबुलाई छुरा प्रहार गर्ने दिव्यरानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि वढाएको छ ।

याे पनि पढ्नुस  ससुरालीमै गएर श्रीमती र सासूमाथि खुकुरी प्रहार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!