पहिरोमा पुरिएर एकै घरका ३ बालबालिकाको मृत्यु

सल्यान, भदौ १८ । पहिरोले घर पुरिँदा सल्यानमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–१२ बाफुखोलाका बालाराम डाँगीका दुई छोरी र एक छोराको पहिरो पुरिएर मृत्यु भएको हो ।

 

मृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, सात वर्षीय ललित डाँगी र चार वर्षीया मेनका डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ । यसअघि यही भदौ १२ गते राति सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा पहिरोले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको थियो ।

 

आइतबार साँझ करिब साढे पाँच बजेतिर पहिरोले घरको भित्ता भत्काएर बालबालिकालाई पुरे पनि सोमबार बिहान करिब साढे ७ बजेतिरमात्रै शव फेला पारिएको थियो । प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, डिएसपी वीरेन्द्रबहादुर शाही र नेपाली सेनाका गुल्मपति रामकृष्ण श्रेष्ठ घटनास्थलमा गएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!