माछापुच्छ्रे बैंकद्वारा १०१ कर्मचारी माग

काठमाडौं । माछापूच्छ्रे बैंक लिमिटेडले विभिन्न पदमा १०१ जना कर्मचारी मागेको छ । बैंकले शाखा प्रमुख, म्यानेजर, म्यानेजमेन्ट ट्रेनीलगायतका पदमा कर्मचारी माग गरेको हो ।

 

बैंकले उपत्यकाभित्र तथा बाहिर गरि ६ वटा शाखा कार्यालयका लागि शाखा प्रमुख, सहायक स्तरको अधिकृत तहमा ७ जना रिलेसनसीप म्यानेजर खोजेको छ ।

 

यो पदका लागि स्नातकोत्तर गरि बाणिज्य बैंकहरुमा कम्तीमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। अधिकतम ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

सामान्य प्रसासनको लागि पनि तीन जना सहायक स्तरको अधिकृत आवश्यक परेको छ। २ वर्ष कार्यानुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

 

म्यानेजमेन्ट ट्रेनीको लागि १५ जना कर्मचारीको माग भएको छ । स्नातकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत अंक ल्याएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।

 

यसको लागि कार्यानुभवको आवश्यकता नपर्ने बैंकले जनाएको छ । यस पदको लागि ३० वर्ष सम्मकाले आवेदन दिन पाउने छन् ।

यस्तै, बैंकले सहायक स्तरका ७० जना माग गरेको छ । बैंकले बिबिए तथा बिबिएस गरेकालाई ट्रेनीको अवसर प्रदान गर्ने भएको छ।

 

स्नातक तहमा कम्तीमा पनि ५५ प्रतिशत तथा ३.२५ जिपिए हासिल गरेका विद्यार्थीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन अनलाइनबाट दिनु पर्नेछ र बैंकको वेवसाइटमा गएर भदौ ३१ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।

थप जानकारीका लागि तलको आवश्यकता हेर्नुस्-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!