बहुप्रतिक्षित फिल्म ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक

काठमाडौं, भदौ १७ । बहुप्रतिक्षित फिल्म ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले काठमाण्डुको कथा बोलेको छ । संगीता श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र निर्माण भएको हो ।

फिल्ममा काठमाडौंमा बसोबास गर्ने ३ जोडीको जीवनमा आइपरेका समस्या र संघर्षका कथालाई देखाउने जीवन्त प्रयास गरिएको छ । ट्रेलरमा प्रियंका कार्की, प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीलाई देख्न पाइन्छ ।

विजय राईको लगानी रहेको फिल्म असोज १२ गतेबाट नेपालभर प्रदर्शनमा आउने तय भएको छ । फिल्म छायांकन लुज सिंहले गरेका हुन भने सम्पादन मित्र गुरुङले गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!