विदेशमा रहेका नागरिकको मताधिकार सुरक्षीत गर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ १७ । विभिन्न कारणले विदेशी भूमिमा रहेका नागरिकलाई पनि मतदानको अधिकार प्रधान गर्ने व्यवस्था गर्न नेपाल सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सर्वोच्चमा आइतबार सुनुवाई गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

‘विदेशमा रहेका सबै नेपाली नागरिकले निर्वाचनमा भाग लिई प्रजातन्त्रको महायज्ञमा सामेल भै मतदानको हक उपभोग गरी सरकार गठन प्रक्रियामा सहभागी हुने सहज र सरल वातावरण निर्माण गर्नुपर्ने दायित्व नेपाल सरकारमा रहेको स्मरण गर्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘तसर्थ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुमा मात्र मतदानको अधिकार सिमित नगरी विभिन्नर उद्देश्यले विदेशमा रहेका सवै नागरिकहरुलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रवन्ध गरी व्यवस्थित गर्ने तर्फ आवश्यक कदम चाल्नु ।’

तर आदेशमा भनिएको छ , ‘मताधिकार प्रयोग नागरिकसँग नेपाली नागरिकता हुन भने अनिवाई छ ।’ विदेशी नगरिकता भएको नगारिकले मताधिकार प्रयोग गर्न भने पाउने छैन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!