बागलुङका एक जनप्रतिनिधि अर्काकी श्रीमतिसहित पक्राउ

बागलुङ, भदौ १७ । बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि केटीको कोठाबाट पक्राउ परेका छन् । बडिगाड ७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड होटलको कोठाबाट एक महिलासहित पक्राउ परेका छन् ।

आइतबार दिउसो महिलाकै कोठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेको बागलुङका एसपी दिपक रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार श्रीमती, वडा अध्यक्षसँग बसेको श्रीमानले देखेपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरुलाई पक्राउ गरेको बताएका छन् ।

प्रहरीले केहि समय अघिमात्रै पक्राउ गरेको र त्यसबारेमा थप जानकारी अनुसन्धान पछि सार्वजनिक गरिने एसपी रेग्मी बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!