५००० चिकित्सकले काउन्सिलमा बुझाए लाइसेन्स

काठमाडौं, भदौ १७ । गएको भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐनमा भएको व्यवस्थाप्रति आपत्ति जनाउदै संशोधनको माग गर्दै चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

आफ्ना मागको सुनुवाई नभएको भन्दै आइतबार पाँच हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।

आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेपछि चिकित्सकहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर नेपाल मेडिकल काउन्सिलको प्रमाण (लाइसेन्स) बुझाएको चिकित्सक संघका महासचिव डा लोचन कार्कीले बताए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!