आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आन्दोलनमा

काठमाडौं, भदौ १७ । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आन्दोलित भएका छन् ।

नयाँ मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० मा भएको व्यवस्था संशोधनको माग गर्दै नेपाल चिकित्सक संघको नेतृत्वमा आइतबार काठमाडौंको माइतीघरबाट शुरु गरेको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई डा गोविन्द केसी, डा हरिहर वस्ती, डा केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!