शेयरबजार : नेप्से परिसूचक ९ अङ्कले बढ्यो

काठमाडौँ, भदौ १७ । साताको पहिलो दिन आइतबार शेयर बजारमा सुखद शुरुवात भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ । गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो ।

स्टकका अनुसार आइतबार कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ । आज तीन उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन ०.७५, अन्य १.९ र जीवन बीमा कम्पनी १.०८ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ११.४१, होटल ३२.११, विकास बैंक १३.५२, जलविद्युत् ५.१३, वित्त ०.९४, निर्जीवन बीमा २९.४३ र माइक्रोफाइनान्स १०.१४ बिन्दुले बढेको छ । एनआइसी एशिया बैङ्क, तिनाउ विकास बैङ्क र भार्गभ विकास बैङ्कका लगानीकर्ताले आज कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!