बङ्गबन्धु गोल्डकपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

काठमाडौं, भदौ १७ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेश फुटबल महासंङ्घले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।

पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ । नेपाल बङ्गबन्धु कपको अघिल्लो संस्करण सन् २०१६ को विजेता हो ।

बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!